गजल - मानवताको खडेरी किन लाग्यो?- नेत्र कुवर
यी बस्तीहरु घेरी किन लाग्यो ?
मानवताको खडेरी किन लाग्यो ?
बुझ्नै सकिएन यी मान्छेहरुको
जिन्दगीमा आँधीबेरी किन लाग्यो ?
आँखामा यति आँशु दिलमा चोट
माया गर्छुं भन्दा खेरी किन लाग्यो ?
केवल मुस्कान राखेंको हुँ यी ओठमा
आगो भइ दिलको मझेरी किन लायो ?
भनिन्छ स्वर्गको वाटीका त्यहिं छ
बिरानो कर्णाली -भेरी किन लाग्यो ?
टाढा भएर पनि आफन्त जस्तो
यो मनमा जून हेरी किन लाग्यो ?
नेत्र कुवर
अछाम बयालपाटा
यी बस्तीहरु घेरी किन लाग्यो ?
मानवताको खडेरी किन लाग्यो ?
बुझ्नै सकिएन यी मान्छेहरुको
जिन्दगीमा आँधीबेरी किन लाग्यो ?
आँखामा यति आँशु दिलमा चोट
माया गर्छुं भन्दा खेरी किन लाग्यो ?
केवल मुस्कान राखेंको हुँ यी ओठमा
आगो भइ दिलको मझेरी किन लायो ?
भनिन्छ स्वर्गको वाटीका त्यहिं छ
बिरानो कर्णाली -भेरी किन लाग्यो ?
टाढा भएर पनि आफन्त जस्तो
यो मनमा जून हेरी किन लाग्यो ?
नेत्र कुवर
अछाम बयालपाटा
No comments:
Post a Comment