Monday, May 27, 2019

गजल- एक दिन त जरुर पछ्याउँदै बकाया आउछ- नेत्र कुवर

गजल- एक दिन त जरुर पछ्याउँदै बकाया आउछ- नेत्र कुवर



जहाँ जहाँ जान्छुं म जसरी यो छायाँ आउछ
यो दिलमा त्यसरी तिम्रो चोखो माया आउछ

खान  देउ  ती  अघोरी  पेटहरुलाइ  साहेब !
एक दिन त जरुर पछ्याउँदै बकाया आउछ

नक्कली साबुन सेम्पुको भर लाग्न छोड्यो
जति धोए पखाले नि शिरबाट चायाँ आउछ

यी  भेलहरु  हुन् तिम्रै सम्झनाका याद गर
आज मात्र हैन बारबार दायाँ बायाँ आउछ

जीउदो छउञ्जेल न हो , केहि थाहा हुदैन
मरेपछि  को आफन्त को  पराया  आउछ

 नेत्र कुवर
अछाम, साँफे-८
हाल  काठमाडौं


TRANSLATION...

Everywhere I go this shadow comes
This is how your pure love comes to the heart

Give food to those ungrateful stomachs sir!
One day the arrears will surely follow

I stopped using fake soap shampoo
The more you wash, the more tea comes out of your head

These are the gatherings, remember your memories
Not only today, right and left come again and again

Nothing is known until you are alive
After death the stranger of the relative comes
BY: Netra Bdr Kunwar
SPONSERED BY ONLINE SHOPPING 

मुक्तक

मुक्तक


























तालजति सबैलाई फेवा ठान्छाै भने
फलफूल जतिलाई मेवा ठान्छाै भने
तिमी भन्दा ठूलाे मुर्ख अरु काे नै हाेला
याे देशलाई अाफ्नै पेवा ठान्छाै भने

गजल - मानवताको खडेरी किन लाग्यो?- नेत्र कुवर

गजल - मानवताको खडेरी किन लाग्यो?- नेत्र कुवर



यी बस्तीहरु  घेरी किन लाग्यो ?
मानवताको खडेरी किन लाग्यो ?

बुझ्नै  सकिएन  यी  मान्छेहरुको
जिन्दगीमा आँधीबेरी किन लाग्यो ?

आँखामा  यति आँशु दिलमा  चोट
माया गर्छुं भन्दा खेरी किन लाग्यो ?

केवल मुस्कान राखेंको हुँ यी ओठमा
आगो भइ दिलको मझेरी किन लायो ?

भनिन्छ  स्वर्गको  वाटीका त्यहिं  छ
बिरानो  कर्णाली -भेरी  किन लाग्यो ?

टाढा  भएर  पनि  आफन्त   जस्तो
यो  मनमा  जून  हेरी  किन  लाग्यो ?

 नेत्र कुवर
अछाम बयालपाटा

Gajal😊😊-Netra Bdr Kunwar

हातमा ठेला आँशु परेलामा देख्छु दु:ख लाग्छ- नेत्र कुवर

बा जुवातास आमा मेलामा देख्छु दु:ख  लाग्छ
यो कस्तो चलन हो हेलामा देख्छु दु:ख  लाग्छ

सन्तानको  रहर  गरिबीले  लादेको  विवशता
हातमा ठेला आँशु परेलामा देख्छु दु:ख  लाग्छ

गरिब मनमायालाइ बोक्सीकोआरोप लाग्थ्यो
अझै पनि उस्तै बेलाबेलामा देख्छु दु:ख  लाग्छ

यीनै  आवाज  उठान गरेर कुर्सीमा पुगे, बिर्से
नेताजी ठूल ठूला भेलामा देख्छु  दु:ख  लाग्छ

दारु  पिएर चुरोट लिएर गुरु पढाउन जान्छन्
तिनै  गुणहरु  पृय चेलामा देख्छु दु:ख लाग्छ  

 नेत्र कुवर
अछाम, साँफे-८
हाल  काठमाडौं


Sponsored Link




गजल- एक दिन त जरुर पछ्याउँदै बकाया आउछ- नेत्र कुवर

गजल- एक दिन त जरुर पछ्याउँदै बकाया आउछ- नेत्र कुवर जहाँ जहाँ जान्छुं म जसरी यो छायाँ आउछ यो दिलमा त्यसरी तिम्रो चोखो माया आउछ खान  देउ ...